
विराटनगर ।राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्था विराटनगरद्वारा मासिक रूपमा आयोजना गरिने ‘साहित्य सिर्जना र संवाद’ को ७० औँ शृङ्खला २०८२असोज १० गते शुक्रबार सम्पन्न भएको छ।
संस्थाको सभाहलमा साहित्यकार शिवनारायण सिंघलको सभापतित्व, कवि तथा साहित्यिक पत्रकार अच्युत घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार गोपाल निर्भीकले गरेका थिए । उक्त कार्यक्रममा भवानीप्रसाद पोखरेल,गोविन्द ढुङ्गाना,बाबुराम पोखरेल,शैलेन घिमिरे,शम्भुप्रसाद भट्टराई,डोमी कामत,विकल्प कौशिक,रिज्मा रेग्मी, निर्मला नेपाल,रेवतीरमण रेग्मी, एकनाथ ढकाल,सरिता तुलाधर,गोविन्द भगत,प्रिन्स प्रमोद ढकाल,भरत बर्बरिक,गोपाल निर्भीकले आ -आफ्ना कविता वाचन गरेका थिए।
प्रमुख अतिथि अच्युत घिमिरेले मन्तव्यको क्रममा सांस्कृतिक र भाषिक विविधतायुक्त हाम्रो देशमा बोलिने सबै भाषालाई सिर्जनाका माध्यमबाट समान महत्त्व दिँदै अघि बढ्नुपर्ने र कोसी प्रदेशको केन्द्र विराटनगर नेपाली साहित्यको लागि उर्वर भूमि भएको र यहाँका स्रष्टाहरू निरन्तर सिर्जनाकर्ममा लागिरहनुभएको कुरा बताए।
नगेन्द्रमणि न्यौपाने र विद्या न्यौपानेले प्रत्येक महिना गोलाप्रथाबाट एक जनालाई दिइने गरी राखेको रुपैयाँ ११००/ को सहभागी प्रोत्साहन पुरस्कार यसपटक सरिता तुलाधरलाई प्रदान गरिएको थियो।







