
काठमाडौँ।धनगढीमा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ।
धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो।
उनको आइसियुमा राखेर उपचार भइरहेको डा.केसीका सहयोगी डाक्टर अमृत जैसीले बताए।
‘अघि आधा घण्टाअघि मात्र ब्लड सुगर जाँच्दा ४९ एमजीरडिएल छ। ब्लड प्रेसर ११०/६० रहेको छ। डाक्टरहरूले आइसियूमा राखेर मोनिटर गर्नुपर्छ भनिरहनु भएको छ,’ उनले भने।



