oplus_32
काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् ।
चीनको हाइनान प्रदेशस्थित हाइकाउ शहरको तुनचाङ काउन्टी रंगशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन् ।
उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेशिया, सिंगापुर, मलेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायतका खेलाडीको सहभागिता रहेको थियो ।
फाइनल चरणमा थाइल्यान्ड र चीनलाई पराजित गर्दै वैभवीले पुम्से विधामा स्वर्ण जितेकी हुन् । उता क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक खेलमा थाइल्यान्डसँग फाइनलमा पराजित हुँदै वैभवी दोस्रो भइन् ।







