pm office
काठमाडौं।आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठक अपराह्न ३ बजे बस्ने छ । बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्तिबारे निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइतवार सकिए पनि हालसम्म सरकारले नयाँ गभर्नर नियुक्तको निर्णय गर्न सकेको छैन ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य रहेको सिफारिस समिति पहिल्यै बनिसकेको र त्यसले सिफारिस गरेका मध्येबाट एक जना गर्भनर बन्ने सम्भावना रहेको छ ।





