
काठमाडौं । आज सुनको मूल्य आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुन प्रति तोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सय रुपैयाँ बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रति तोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको हो।








