
काठमाडौं । कवि, कथाकार, समालोचक तथा शब्दाङ्कुर साहित्यिक मासिक पत्रिकाका सम्पादक एवम् प्रकाशक धीरकुमार श्रेष्ठका दुईवटा समालोचना कृति “आख्यानको आँखीझ्याल” र “अध्ययन विश्लेषण” को कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, सभाध्यक्ष ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डे, प्रा.डा.कुमारप्रसाद कोइराला, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा..डा.देवी नेपाल र प्राध्यापक अनुपमा रेग्मीले संयुक्तरूपमा विमोचन गरे ।
उक्त कार्यक्रममा विमोचित कृति बारे प्रा.डा.कोइराला, प्रा.डा.नेपाल, प्रा.डा.ज्ञवाली र प्राध्यापक अनुपमा रेग्मीले विस्तृत चर्चा गरेका थिए ।

त्यसै गरि विमोचित कृतिका बारेमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठ तथा कार्यक्रमका सभापति रामदेव पाण्डेले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा ऐरावती प्रकाशन प्रा.लि.का प्रबन्ध निर्देशक आनन्द तिवारीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका भने कृतिकार धीरकुमार श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमलाई कवि देवु लुइँटेलले सञ्चालन गरेका थिए ।








