
काठमाडौँ । नेपाली साहित्यिक द्धैमासिक पत्रिका ‘अभिव्यक्ति’ले नेपाली साहित्यिक पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व ‘नगेन्द्रराज शर्माको स्मृति अङ्क’ प्रकाशित गरेको छ ।
वि.सं.२०२७ सालदेखि निरन्तर प्रकाशित उक्त पत्रिकाका संस्थापक,प्रकाशक नगेन्द्रराज शर्माको स्मृतिमा नेपालका साहित्यिक क्षेत्रका अग्रज तेजेश्र्वरबाबु ग्वंग,रोचक घिमिरे, डा.ध्रुवचन्द्र गौतम,श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक,ध्रुव सापकोटा, मोहन दुवाल,किशोर पहाडी,देविका तिमल्सिना, वियोगी बुढाथोकी ,शीतल गिरी,सनत गौतम,प्रल्हाद पोखरेल, रामप्रसाद पन्त,विधान आचार्यदेखि अनुजपुस्तासम्मका विभिन्न ६० जना स्रष्टाहरुका शर्माको बारेमा लेखिएका कविता,संस्मरण,लेख रचनाहरु समावेश गरिएका छन् ।
यसमा वर्ष–५७/अङ्क–२/पूर्णाङ्क–२३८/असार–साउन २०८३ मा शर्माका परिवारजनका लेख रचनाहरु पनि समावेश छन् ।
पवन आलोक प्रधान सम्पादक, कार्यकारी सम्पादक देविका तिमल्सिना र सम्पादक ओपलराज घिमिरे रहेको ‘अभिव्यक्ति’को सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ रहेका छन् ।
अभिव्यक्तिको दर्ता प्रमाणपत्र,शर्माका प्रकाशित कृतिहरुका तस्बिरहरु समेत राखिएको यो अङ्क नगेन्द्रराज शर्माको बारेमा बुझ्न चाहाने जो कोहीको निम्ति संग्रहणीय बनेको देखिन्छ


