
काठमाडौँ । साहित्यकार तथा साहित्यिक पत्रकार डा.नवराज रिजालको लघुकथा कृति ‘बेचैन मन’को एक कार्यक्रमबीच सडक विमोचन भएको छ ।
बुधबार बागबजारमा आयोजित सडक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई लगायतले कृति सार्वजनिक गरे ।
सडक विमोचन अभियानको १८औँ शृंखलामा कृति विमोचन गर्दै प्रमुख अतिथि डा. भट्टराईले सकारात्मक सोचका साथ लेखिएको विमोचित कृतिको खुलेर प्रशंसा गरे ।
भाषा आयोगका सदस्य डा.पुष्करराज भट्टले कृतिभित्रका लघुकथाले देशको परिस्थिति र परिवेशका विषयमा बोलेको बताए ।
साहित्यकार ध्रुव मधिकर्मीले रिजालको लेखनधर्मिता निकै सबल रहेकाले लघुकथाले समसामयिक विषयमा सशक्त भाव व्यक्त गरेको चर्चा गरे ।
डा. रिजालको कृतिमाथि कथाकार रामकुमार पण्डित र शेखर अर्यालले पनि चर्चा गरे ।
सडक विमोचन कार्यक्रमका संयोजक साहित्यकार बद्रीप्रसाद ढकालले कार्यक्रमको औचित्यबारे प्रकाश पारे ।


