
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन्।
उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए।
ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित खरेल चुनावअघि रास्वपामा प्रवेश गरेका थिए।
शुक्रबार बसेको केन्द्रीय बैठकमा सभापति रवि लामिछानेले प्रवक्तामा खरेलसँगै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा. नमिता यादवलाई मनोनीत गर्ने प्रस्ताव राखेका थिए।
सभापतिको उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो। यस्तै रास्वपा ले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएको छ। सभापति रवि लामिछानेले यादवलाई सहमहामन्त्रीमा मनोनीत गरेका हुन्।
जेनजी यादव प्रतिनिधिसभा सदस्यसमेत हुन्।

