
भुम्लु,काभ्रे । नेकपा एमाले काभ्रेले आफ्ना विभिन्न स्थानीय कमिटिहरुमा धमाधम अधिवेशन गर्दैछ । यसै क्रममा भुम्लु गाउँ कमिटि अन्तर्गत वडा नं ६ को दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
एमाले जिल्ला कमिटि अध्यक्ष राजन भूर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले प्रेम श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि चयन गरेको छ ।
सोही अधिवेशनले पालिका अधिवेशनको निम्ति प्रतिनिधि समेत चयन गरेको छ ।



