काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।
मंसिर १६ गते स्थानीय तहका ४४ रिक्त पदमा उपचुनाव हुँदैछ।
आयोगले कीर्तिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार ईन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोेकेको छ।
काठमाडौं महानगरपालिका–१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेल तोकिएका छन्।
निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम देहायका ३२ जना माननीय जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा आयोगबाट सोमबारबाट लागु हुने गरी नियुक्ति निर्वाचन-अधिकृत-नियुक्ति-प्रेस-विज्ञप्ति-1731321635 (1)
कात्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ताले तोकिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत बारे जानकारी दिए ।

