
यो भए त्यो हुन्छ, यसको उत्पत्ति हुन्छ। यो नभएको भए यो उत्पत्ति हुँदैन भन्ने अन्योन्याश्रित कार्य कारण भाव वा हेतु प्रत्ययलाई औंल्याउने, देखाउने कुरालाई प्रतीत्यसमुत्पाद भनिन्छ । (घ्यू) बन्ने हुन्छ जस्तै दूध भए दहि बन्छ, दहि बन्थ्यो भने नौनी । यसरी दहीको कारणले नौनी बन्ने हुन्छ । त्यसैले नौनीको हेतु (कारण) दही भयो । यही तरिकाले बुद्ध भगवान्ले अविद्या ( अज्ञान मोह) देखि संस्कार, विज्ञान, नामरूप (पञ्चस्कन्ध) षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति, जरामरणसम्म बाह्र बटा कार्य कारणलाई द्वादशाङ्ग प्रतीत्यसमुत्पाद वा भवचक्र भनेर व्याख्या गर्नु भयो ।
भगवान् बुद्धले अविद्या र संसकारको सम्बन्ध पूर्वजन्म अर्थात् भूतकालसँग सम्बन्धीत विषय भएकोले अविद्या र संस्कारलाई पूर्वजन्मको विषय भनेर निश्चित गर्नुभयो ।
जरामरणलाई भविष्यत् कालको विषय भनी व्याख्या गर्नुभयो । विज्ञान (चित्त), नामरूप (पञ्चस्कन्ध), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव यी आठ वटालाई हाम्रो अहिलेको जीवन अर्थात् वर्तमान कालको विषय भनी वर्गीकरण गरिएको छ । यस प्रकार द्वादशाङ्ग प्रतीत्यसमुत्पादलाई पूर्वजन्म (भूतकालको जन्म), वर्तमानकालको जन्म (अहिलेको जन्म), पूनर्जन्म (भविष्यत् कालको जन्म) भनी तीन जन्मको परस्परको सम्बन्ध देखाउनु भयो । यसरी तीन जन्मको सम्बन्ध देखाई बुद्ध भगवान्ले आत्माविना, आत्मा नमानिकनै भूत, भविष्यत् र वर्तमान जीवनको भगवान्ले यसरी व्याख्या गरेर बताउनु भएको यो महत्वपूर्ण कुरा हामीले स्पष्ट रूपले बुझ्न सक्यौं भने बुद्ध धर्म बुझ्न सजिलो हुन्थ्यो र भव चक्रबाट हामी मुक्त हुन सकिन्छ ।
जन्म हुनु अगाडि म छ कि छैन ? भन्ने शंका निमूल गर्न अविद्या र संस्कारको वर्णन गर्नु भएको हो । ८२
त्यस्तै विज्ञानदेखि भवसम्मको आठ वटा विषय वर्तमान अवस्थामा जन्म लिइरहेको म को हुँ ? भन्ने ज्ञान दिन उपदेश दिनु भएको हो । त्यसपछि जाति र जरामरणको उपदेश दिएर भविष्यत् कालमा म फेरि जन्म लिन जानेछु कि छैन ? भन्ने बोध गराउन उपदेश दिनु भएको हो ।
बुद्ध भगवान्ले यसरी अविद्या (मोह, अज्ञान), संस्कार (पुण्य, अपुण्य, आनिञ्ज्य कर्म), विज्ञान, नामरूप, षडायतन (चक्षु, श्रोत्र, घ्राण, जिह्वा, काय, मन), स्पर्श (षड् इन्द्रिय र रूप, रस आदि विषयसँगको सम्पर्क), वेदना (सुख, दुःखादि अनुभव), तृष्णा (इच्छा) उपादान, (प्रयत्न), भव (कर्मभव, उत्पत्ति भव), जाति, जरामरण (बुढा भएर मर्नु) आदि बाह्र वटा अङ्गलाई द्वादशाङ्ग प्रतीत्यसमुत्पाद भनी वर्णन गर्नुभएको छ ।
मोक्ष, निर्वाण र बुद्धत्व प्राप्त गर्न यो भवचक्रबाट नै हामीले मुक्त हुन सिक्नु पर्छ भन्ने बुद्ध भगवान्को आशय हो । भवचक्रबाट मुक्त हुने उपायस्वरूप यो भवचक्र द्वादशाङ्ग प्रतीत्यसमुत्पादको उपदेश राम्ररी मनन गर्न योग्य छ । यो भए यो उत्पत्ति हुन्छ भन्ने
प्रतीत्यसमुत्पाद अर्थात् कार्यकारण (हेतु प्रत्यय) लाई बुझेर जीवन जिउन सके क्रमैसित हाम्रो जीवनको लागि निर्वाण, मोक्ष र बुद्धत्व झन् झन् नजिकिदै आउँछ भन्ने बुद्धको आशय हो ।
नामरूप यानी पञ्चस्कन्ध हाम्रो वर्तमान कालको जीवनसँग सम्बन्धीत विषय हो । भूतकाल ( पूर्वजन्म) मा हामीले के के गरेर आयौ ? त्यो हामीले यकीन गरेर भन्न सक्ने कुरा होइन । त्यस्तै भविष्यत् कालमा हामीले के गर्ने होला त्यो पनि हामीले अनुमान गर्न सकिने कुरा होइन । तर वर्तमान कालको विषय विज्ञान, नामरूप, पञ्चस्कन्ध, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान र भव यी आठ वटा अङ्गलाई भने यो हाम्रो जीवनले चाहे भने हामीले आफूलाई जसरी मनपर्छ त्यो अनुसार राम्ररी पयोग गरी मोक्ष, निर्वाण र बुद्धत्व समेत प्राप्त गर्न सकिन्छ भन्ने भगवान्को विचार हो । त्यसकारण हाम्रो मनलाई नियन्त्रण गर्न जान्नुको लागि पञ्चस्कन्धलाई साक्षात्कार गर्नुपर्छ, राम्ररी बुझ्नुपर्छ भन्ने मन्त्रयानी सिद्धहरूको महत्वपूर्ण विचारणीय पक्ष हो । यो हाम्रो नामरूप (पञ्चस्कन्ध) लाई आफ्नो वशमा, अधिनमा राख्नका लागि रूपस्कन्ध (सांसारिक विषय वस्तु) प्रति नमन, आकर्षित हुने, झुक्ने स्वभावको नाम यानी वेदनास्कन्ध, संस्कारस्कन्ध, विज्ञानस्कन्धलाई नियन्त्रणमा राख्न, यता उता न पठाउन यो नामपरूपलाई नियन्त्रण गर्न जान्नुपर्छ । त्यसको लागि द्वादशाङ्ग प्रतीत्यसमुत्पादको क्रममा आउने ‘नामरूप’ भन्ने अङ्ग राम्ररी बुझ्नु नितान्त आवश्यक हुन आउँछ ।
नामरूपलाई यसरी पाँच वटा स्कन्धमा विभाजन गरी राखेको हुँदा यसलाई पञ्चस्कन्ध भनिएको हो । हामीले द्वादशाङ्ग प्रतीत्यसमुत्पादलाई राम्ररी विचार गरेर हेयौं भने यो प्रतीत्यसमुत्पादमा विज्ञान शब्द दुई चोटि राखेको पाइन्छ । एउटा विज्ञान संस्कारपछि आउने पहिलो विज्ञान हो। यही विज्ञान आमाको गर्भमा रहेको जीवको शुरुको विज्ञान (मन) हो । यसलाई प्रतिसन्धि चित्त पनि भनिन्छ । विज्ञानवादी योगाचार सिद्धान्त अनुसार आलय विज्ञान (चित्त) भनेर पनि यसलाई मानेको पाइन्छ । दोस्रो विज्ञान नामरूप (पञ्चस्कन्ध) अनुसार आउने विज्ञानस्कन्ध हो । यही विज्ञानस्कन्ध रूपस्कन्ध (सांसारिक विषय वस्तु) सँग आकर्षित हुने स्वभावको हाम्रो चित्त (विज्ञान) भनेर भनेको पाइन्छ । यो विज्ञानले ( मनले) नै चक्षुर्विज्ञान (हेर्ने मन ), श्रोत्रविज्ञान (सुन्ने मन) घ्राणविज्ञान (सुंघ्ने मन), जिह्वाविज्ञान (स्वाद लिने मन ), कायविज्ञान (स्पर्शद्वारा अनुभव गर्ने मन), मनोविज्ञान ( विचार, मनन गर्ने मन ) गरी ६ प्रकारको मन वा प्रवृत्ति विज्ञानहरू उत्पत्ति हुने हुन्छ भन्ने बुद्ध भगवान्को विचार हो । यी ६ वटा विज्ञानहरूको समूहलाई विज्ञानस्कन्ध पनि भनिन्छ ।
यही प्रकारले प्रतीत्यसमुत्पादमा वेदना शब्द पनि दुई चोटि प्रयोग भइरहेको छ । एउटा नामरूप (पञ्चस्कन्ध) को अन्तर्गत आउने वेदनास्कन्ध अर्थात् आँखा, कान, नाक, जिब्रो आदि शरीर को अङ्गले अनुभव गर्ने वेदनाको समूहलाई वेदनास्कन्ध भनिन्छ । अनि अर्को हो इन्द्रिय विषयवस्तु र ६ वटा थरि थरि चक्षुर्विज्ञान आदि विज्ञानहरू विषयसँग स्पर्श हुँदा अनुभव हुने वेदना । यो वेदना पनि तीन प्रकारका छन् । सुख वेदना अनुभूति हुँदा यो सुख सधैं रहि रहोस् भन्ने इच्छा (तृष्णा) उत्पत्ति हुने हुन्छ । दुःख वेदना हुँदा यसतो कहिल्यै नहोस् भन्ने इच्छा उत्पत्ति हुने हुन्छ । अदुःख, असुख वेदना अर्थात् सुख पनि होइन, दुःख पनि होइन भन्ने वेदना अनुभव हुँदा उपेक्षा (वेवास्ता) गरिने हुन्छ । जसरी शरीरले गर्नेसुख, दुःख अनुभव गरिने हो त्यस्तै मनले अनुभव गरिने सुखलाई यही वेदनाले द्वादशाङ्ग प्रतीत्यसमुत्पादको भवचक्रको क्रममा मन परेको भइरहोस्, मन नपरेको नहोस् भन्ने तृष्णाको उत्पत्ति हुने पन्द्र । अनि यही तृष्णाले क्रमैसंग उपादान (प्रयत्न) आदि पनि क्रमशः उत्पन्न हुन थाल्दछन् ।
यस प्रकारले द्वादशाङ्ग प्रतीत्यसमुत्पादको क्रममा संस्कारशब्द पनि दुई चोटी दोहोरिएको पाइन्छ । पहिलो अविद्या पछि आउने संस्कार हो । त्यसो भनेको पूर्वजन्ममा हामीले गरेर आएका कुशल र अकुशल कर्मको अवस्था नै संस्कार हो, परिणाम हो । त्यसैले “संस्कारः, पूर्व कर्मण ८३ भनी बुद्ध भगवान्ले भन्नु भएको हो । यही संस्कारद्वारा आमाको गर्भमा रहेको बेलाको विज्ञान (मन वा प्रतिसन्धि चित्त) उत्पत्ति हुने हो । त्यसकारण हामीले यो जनममा असल कर्म गर्नु जरुरी छ भन्ने भगवान्को उपदेश हो ।
अर्को दोस्रो संस्कार हो नाना प्रकारको मनको चेतना एवं मनोभावको समूह (स्कन्ध) हो । यो मनको चेतनाको समूहलाई नै संस्कार स्कन्ध भनेका हुन् । यही संस्कारस्कन्ध पञ्चस्कन्ध अन्तगर्त आउने संस्कारस्कन्ध हो। यही संस्कारस्कन्धमा चतुर्महाभूत अर्थात् रूपस्कन्धमा आकर्षित हुने, नमन हुने स्वभाव रहीरहने हुन्छ । यसैबाट नै हामीले क्लेश, उपक्लेश, पुण्य अपुण्य आदि कर्म गराइ रहेको हुन्छ । त्यही भएर बुद्ध भगवान् धम्मपद सुख वर्गको श्लोक नं ६ मा ” नत्थि स्कन्धसमा दुःखाः ‘ अर्थात् पञ्चस्कन्ध जस्तो दुःख दिने अरू केही छैन भनी आज्ञा हुनु भएको हो । यस्तै क्रोध
वर्गमा “नाम रूपस्मिन् असज्जमानं ” अर्थात् नामरूप (जगत् संसार र पञ्चस्कन्ध) प्रति जसको आसक्ति आकर्षण, तृष्णा हुँदैन त्यो व्यक्तिको मनमा कुनै प्रकारको सन्ताप, दुःख हुँदैन भनी भगवान्ले भन्नु भएको हो ।
यस प्रकार नामरूपलाई एकदम स्पष्टसँग हामीलाई बुझाई, हामीलाई सांसारिक विषय (रूपस्कन्ध) मा नमन हुने, आकर्षित हुने तत्वहरू वेदना, संज्ञा, संस्कार, विज्ञानले नै हामीलाई विविध दुःख, क्लेश, उपक्लेश पाप पुण्य गराउने हो । यो प्रतीत्यसमुत्पाद पनि क्षण क्षण बदलि रहने पञ्चस्कन्ध (नामरूप) के अवस्थान्तर मात्र हो भन्ने कुरा बुझ्नु जरुरी छ ।
त्यसकारण नामरूप (पञ्चस्कन्ध) निरोध गर्न सके भने बुद्धत्वको मार्गमा अग्रसर हुन सकूँ भन्ने हाम्रो प्रणिधान (प्रार्थना) सफल हुन्छ । यसमा कुनै शंका छैन भन्ने बुझ्नुपर्छ । यही कुरालाई राम्ररी बुझाइदिने एक मात्र उद्देश्य लिएर मन्त्रयानी वज्रयानीहरूले (नामरूप, पञ्चस्कन्ध) लाई पञ्चबुद्धको रूपमा प्रस्तुत गरी महान् कार्यको उत्थान गरेका हुन् । यसैबाट नाना थरिको हाम्रो रितिस्थिति पूजा अर्चना चर्या (आचरण) आदि पनि सिर्जना गरी ल्याएका हुन् । यस प्रकार मन्त्रयानमा अद्वितीय संस्कृति र विचाधाराहरू प्रयोगमा आए ।
८२ सं-दिव्य वज्र वज्रचार्य - निर्वेध भागीय - पृ. ३. प्र-अ.ने.म बौद्ध समाज
८३ धम्मपद
८४ धम्मपद
८५ धम्मपद









