
काठमाडौं । घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा फ्रान्ससँग अर्जेन्टिना १–० ले पराजित भएको हो।फ्रान्सको जितमा जेअन फिलिप मटेटाले पाचौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। उनले कर्नरमा आएको बललाई जाली चुमाए
विवादास्पद खेलमा आयोजक फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
खेलको अन्त्यमा दुबै टोलीका खेलाडी र प्रशिक्षक विवादमा उत्रिएका थिए। योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। फ्रान्ससँगै मोरक्कोसँग खेल्नेछ। यस्तै, स्पेनले र इजिप्टसँग फाइनल प्रवेशका लागि खेल्नेछ।








