
काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ ।
नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ ।
टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन् । यसैगरी, विनोद दास टिम लिडर रहँदा मेडिकल टोलीमा लोकेन्द्र कुँवर र टेक्निकल टोलीमा रमन शिवाकोटी छन् ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान),रोहितकुमार पौडेल,सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने,आरिफ शेख,आसिफ शेख, कुशल भुर्तेल,ललितनरायण राजवंशी,गुल्सनकुमार झा,नन्दन यादव,लोकेश बम,सन्दीप जोरा,शेर मल्ल,कुशल मल्ल रहेका छन् ।
