![]()
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’ को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत गीत सार्वजनिक गरिएको हो ।
चलचित्र यही असोज २ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन् ।
गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ ।







