
काठमाडौँ । हरितालिका तीजलाई लक्षित गर्दै नयाँ नेपाली तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक भएको छ ।
एसएस क्रिएसनको आधिकारिक युट्युब च्यानलमार्फत आइतवार साँझ यो सार्वजनिक भएको यो कर्णप्रिय तीज गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको छ ।
सरला श्रेष्ठका शब्द तथा लक्ष्मण पोखरेलको संगीत निर्देशनमा नयार भएको यो गीतमा मनोज चौलागाईंको एरेन्जमेन्ट छ । गीतको रेकर्डिङ दिल समर्पणले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । गीतको रेकर्डिङ एकुस्टिक स्टुडियोमा गरिएको हो ।
थुप्रै नेपाली गीतका म्युजिक भिडियोहरु निर्देशन गरेका दिग्गज निर्देशक कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल गरिमा शर्मा तथा स्मारिका ढकालले अभिनय गरेका छन् । उनीहरूसँगै खेम बा, सुमिना कार्की, कृष्ण ढुंगाना, गोमा न्यौपाने र श्रेजस्सिका थापाको पनि अभिनय रहेको छ ।
भिडियोको छायांकन उत्सव दाहाल तथा उनको टिमले गरेका हुन् । सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोको सहायक सम्पादन दीपक देउवाले गरेका छन् भने सम्पादन तथा कलर मिन रावलले गरेका छन् ।



