
ललिता ‘दोषी’
आँखामा आइरहन्छ प्रियतमा मैलो मजेत्रोहरू
फुटेको कौडी छैन साथमा भनलौ म के गरूँ
नियाल्लिऊ गोरेटाहरूमा मैरै छायाहरू
निमोठि रहेछ्यौ पलपल सबै चाहनाहरू ।
दसैँ,तिहार आउछ किन?आलो घाउ कोट्याउँन
चाहेर पनि सक्दिनँ प्रियतामा शान्तिले निदाउँन
छोराले खोज्दो हो मलाई छोरीहरूले पनि
आँखामा नाच्छ तीअवोधआँखा रुँन्छु म घरीघरी।
अर्थै भएन प्रियतमा जीवनको शून्य बगरझैँ भयो
एक पेट खुवाउँने रहरमा सारा जीवन नै गयो
रुन्छ्यौ कि धुकुधुकु गर्दै हेरेर फोटाहरू
धिक्कार्लिऊ भाग्यलाई तिमीले सम्झेर चोटहरू।
वैशाखी पाउन्न कतै दिन ढलेको ढलै छ
आँधीहुरी वर्षासँग जुध्नु परेको परै छ
आएन शरद् कहिल्यै न उमङ्ग छाउँछ
शूलले रोपेझैँ यो मन छटपटाउँछ ।
खेपेँआरोह–अवरोह थुप्रै देखिनँ कहिल्यै बिहानी
शिखर चढ्छु भन्थेँ म भयो एकादेशकै कहानी
फर्कन्छु अब प्रियतमा सिँन्चिन्छु पसिना त्यहीं
मीठोपिठो खाएर बाँचौँला चखेबा चरीझैँ भइ ।
चरीझैँ भइ ……………………।









