
काठमाडौं । सर्जक राजाराम बर्तौलाको नियात्राकृति ‘लिगलिगे दौड’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
आइतबार बागबजार काठमाडौंमा सडक विमोचन गर्दै इतिहासकार प्रा.डा.सुरेन्द्र केसीले नियात्राकार यात्रा अनुभवबाट आफूजस्ता पाठकहरू लाभान्वित भइरहेको र पठन संस्कृतिको विकास गर्न यस्ता कार्यक्रमले सघाउ हुने बताए ।
सडक विमोचन अभियानका संयोजक डा। नवराज रिजालले नियात्राकार बर्तौलाको लेखन लोभलाग्दो भएको उल्लेख गरे । उनले काठमाडौं उपत्यकाको सुन्दर प्राकृतिक भूगोलको सचित्र वर्णन गरेको बताए ।
साहित्यकार बद्रीप्रसाद ढकालले नियात्राकार बर्तौलाले जीवनको भागदौडमा भोगेका विषयवस्तु नियात्रामा उठाएको बताए ।
नियात्राकृति अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो।

