
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावितका निम्ति सहयोग गरेको छ ।
युनिलिभरले राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ योगदान गरेको छ ।
योसँगै युनिलिभर नेपालले थप करिब एक करोड मूल्यबराबरको २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कठिन समयमा सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् ।
युनिलिभर नेपाल लिमिटेड स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित अर्थपूर्ण पहलहरूमार्फत समुदायहरूलाई सहयोग पुर्याउन प्रतिबद्ध रहँदै आएको छ ।
