
काठमाडौ । सत्तारूढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप लगाएको छ।
प्रधानमन्त्री ओलीले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दैछन्।
प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/१ जना र दुईजना स्वतन्त्र सांसद छन्।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेका सबै प्रतिनिधि सभा सदस्यहरुलाई प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।
सरकार सञ्चालनको साझेदार काँग्रेस,अशोक राई नेतृत्वको जसपा,महन्थ ठाकुरको लोसपा लगायतले विश्वासको पक्षमा मत जाहेर गर्नेछन् भने उपेन्द्र यादव नेतृत्वको जसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनाईसकेको छ । यसैवीच काँग्रेुसले संसदीय दलको आब्हान गरेको छ ।



