
काठमाडौँ। एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकका लागि सरकारले अभिभावको भूमिका खेलेको छ भन्ने प्रत्याभूति गराउनसक्नुपर्ने बताएका छन् ।
‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको छ भन्ने प्रत्याभूति हुनुपर्छ’ उनले भने । यस्ता घटनाहरू घट्नमा के कारण छन् भन्ने पनि पहिचान गर्नुपर्ने उनले बताए ।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएको उल्लेख गरे ।
