
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
भट्टराईलाई चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुका नै काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको उनकी छोरी मानुषी भट्टराईले जानकारी दिइन् ।
मानुषीका अनुसार, चिकित्सकहरूले उनमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएका छन् । मानुषीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको बताएकी छन् ।
