
काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारको कामको समीक्षा गर्ने अबस्थामा पुगिनसकेको बताएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी नपुगेको बताए ।
देवानगञ्च प्रकरणपछि आयोजित सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए ।
उक्त विषयमा सञ्चारकर्मीहरूको जिज्ञासामा लामिछानेले भने,’यो बैठक नितान्त दलका शीर्ष नेताहरूको बैठक हो । यसमा सरकारको प्रतिनिधित्व स्वर्णिम वाग्लेबाट भएको छ। हामी सबै दलले जिम्मेवार ढंगबाट सद्भाव र शान्ति कायका लागि अपिल गरेका छौँ । अप्ठेरो परिस्थितिमा मुलुकलाई निकास चाहिएको अवस्थामा सर्वपक्षीय पहल, सहकार्य र समझदारी खोज्ने राजनीतिक संस्कारका पक्षमा रास्वपासहित अन्य दल एकै ठाउँमा छौँ,’ उनले भने ।


