
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको हो ।
यस क्रममा कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुगेर दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको पार्थिव शरीरमा यस अघि सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका थिए ।
वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिस अस्पतालमा निधन भएको थियो ।
श्रेष्ठ नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने बताइएको छ ।



