
छोराको पुरस्कार
बुढा बितेपछि घर भाडा र पेन्सनले जीवन धान्दै आएकी चरीमायालाई पाँच बर्ष पछि छोरा भेट्न आउँछ र भन्छ :
” आमा !अब कति एक्लै बस्नुहुन्छ ? दुख बिराम पर्दा हेर्ने मान्छे कोहि छैन। यहाँको घर पुरै भाडामा लगाएर उतै बस्नेगरि जाऊ। बुहारीले लिन पठाएकि।”
छोराको कुरा सुनेर चरीमाया सोच मग्न भइन्।
“कहिले राम्रो नगर्नै बुहारीको आज कसरी मन पग्लियो ? ”
“छिटो गर्नुस् आमा ! मैले जाने सबै ब्यवस्था मिलाई सकेको छु।”
छोरोले ढिपी गर्न थालेपछि घर पुरै भाडामा लगाँएर उनी छोराको पछि लागिन्।
त्यसपछि, घरको भात भान्सा सरसफाई, बत्ती पानीको विल तिर्ने सब काम सासुलाई जिम्वा लगाईन् बुहारीले। एकदिन बुहारी फोनमा बोल्दै गरेको उनले सुनिन्।
” हजुरले दिनु भाको सल्लाह ज्वाइले मानिस्यो नी आमा!”
“अहिले त घरमा काम गर्ने मान्छे पनि राख्नु परेको छैन। उल्टै उताबाट घरभाडा र पेन्सन पनि आउँछ।”








