
काठमाडौँ। नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार २०८२’ अर्पण गरियो ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित अभ्यागतहरुलाई नै प्रमुख अतिथिको रुपमा स्विकार गरि कबा विशिष्ट सम्मानद्वारा विष्णु पन्त ,कबा सम्मान द्वारा वासुदेव पौडेल र शम्भु प्रकृति,महेन्द्र इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कारबाट कपन अनलाइनका सम्पादक पुण्यराज पुडासैनी सम्मानित भए।
पत्रिकामा २०८२ सालमा प्रकाशित रचनाहरुबाट नालाङ कबा रचना पुरस्कार पुरुष भलाद्मी भोला,पुष्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कार महिला अंशु भट्ट, अविरल गङ्गा कबा रचना पुरस्कार, मोफसल (पश्चिम नवलपरासी ) बाट विश्वजित गुप्ता,हेमगङ्गा बाल रचना पुरस्कार बाल भावना बराल र भमरकोटे रचना सुसेली पुरस्कारबाट कृष्णप्रसाद पौडेल जस्ताघरे पुरस्कृत र सम्मानित भए।
वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र कबाका स्तम्भकार एवं कवि त्रिलोचन आचार्य ,कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरि पुरस्कृत र सम्मानित गरिएको थियो ।
कबाका संरक्षक तथा प्रतिभा छनौट समितिकी अध्यक्ष गङ्गा पौडेलद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा कबाका स्तम्भकार तथा कवि त्रिलोचन आचार्यद्वारा कबा साहित्यकार उपचार कोषका संरक्षक एवं दाताहरुको देनका बारेमा प्रकाश पारिएको थियो ।कबाका व्यवस्थापक विमल कोइरालाले धन्यवाद र दुर्गा अधिकारी भमरकोटेले सुसेलीबाट प्रतिभा परिचय गराएका थिए ।
कार्यक्रमको सञ्चालन कविता दाहालले गरेको उक्त कार्यक्रमको समापन उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले गरे ।
