काठमाडौं । जितु नेपाल र नीति शाहले फिल्म ‘ज्वाइँसाब’को छायांकन शुक्रबारदेखि गरेका छन् । मकवानपुरको चित्लाङमा शुभसाइत पूजा गर्दै यो सोसल–ड्रामा फिल्मको छायांकन सुरु भएको हो ।
वसन्त निरौलाले ‘ज्वाइँसाब’को निर्देशन थालेका हुन् । यसअघि उनले विजयपथ, राजनीति, आवेग, समर्पण र मेला फिल्मको निर्देशन गरेका छन् ।