सरासर गलत!
धनराज गिरी
भेट हुन्छ।भयो। मान्छे रमाउने मान्छेसित हो। मन मिल्दैन। अति मुस्किल हुन्छ मन मिल्न,तर मन त मनै हो,कतिखेर कहाँ,कोसित मिल्छ,थाहा नभई मिल्छ। यहाँ पनि मिल्यो। सामाजिक संजाल अभिशाप मात्र होइन,विवेक नपुग्दा अभिशाप हुन्छ,भएको छ। यस्तै अनेक तानाहरू सोचिरहेको थियो ” प्रोफेसर अजेयनारायण आशुतोष भैरवश्री गजलोपाध्याय ” आए एक मित्र,भाइमित्र,विचित्र,र शुरू भयो आत्मीय यात्रा,” दाइ, हजुरको सौराहामा भए इलिफेन्ट राइड हुनेथियो,यहाँ त स्काई ट्रेन राइड,सी बस राइड, कि हाइड,नो गाइड, नो हाइराइड,यस्तै छ यहाँको चलन,कान्छा कान्छी,म पनि कान्छो,गाईप्रस कान्छी,बैनी र छोरी,गज्जब!” दिलेन्द्र विराटस्वरूप हास्यरस,खप्पर लिएर आए,” फुत्कौली दाइ” भन्दै।
” साथी खप्पर,कान्छीको कुरा आयो। एउटा कुरामा म जहिले पनि अल्मलिन्छु। म पनि उस्तै भएर हो कि,यो फूल र भमरको कथा छ नि,किन जहिले पनि यति सङ्कीर्ण? किन एउटी देवी पवित्र मन लिएर एउटा देवताको निकट आएमा यो दुनियाँ यसोउसो भन्छ?किन ?किन? किन? कृष्ण र पान्चाली हुनहुन्न?प्रोफेसर जगमोहन आजाद,मेरो मितवा र अतीत क्षितिज जननी जस्तै हुनुहुन्न?बार्दलीकी जून? हुनुहुन्न? “
प्रोफेसरले भित्री असजिलो कुरा राख्यो।” दाइ, किन नहुने,मज्जाले हुने! यो ” सरासर गलत हो” नारी र पुरुष नजिकिएमा उही ” नभोमणि र पृथा,उही परासर र व्यासजननी,उही धर्म र हेमा,उही इन्द्र र अहिल्या,यस्तै यस्तै बनाइहाल्ने। उताको मन पनि पवित्र हुनसक्छ,यताको मन पनि पवित्र हुनसक्छ। कफी पिएको हो र? प्रोफेसर जगमोहन आजादको फेसबुके पोस्टजस्तो हो र?हजुरको मितवाको क्या!वृन्दा र बिष्णु हो र? साहित्यले,भावनाले नजीक हुने हो। बौद्धिक विमर्श गरिने हो। वासना मात्र,देहाग्नि मात्र,कामदेव मात्र सबै कुरा होइन। सद्भाव र प्रेमको अनेक रङ्ग हुने पक्का! ” सरासर गलत ” हो,यति तुच्छ सोच राख्नु मानवता होइन। मलाई यस्तो लाग्छ दाइ!हजुर के भन्नुहुन्छ ?” दिलेन्द्र।
उनकै अफिसमा। उनी पनि पहिले गुरु नै। कुरा मिल्यो। ” सरासर गलत “
उनीहरूको इजालसले मुद्दा छिन्यो। प्रोफेसरले आफ्नो विचार राख्यो,” हामी उही विचारको मालिक,तर Potential Danger त हुन्छ नै। सजग रहनुपर्छ । “
” यो त अपवाद हो गुरु। जो होना है वह होना है,जो नहीँ होना है,वह नहीँ होना है!”
दिलेन्द्र।पहिलो मिलन सफल र सार्थक रह्यो।