काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । यो काम टुङ्गिएपछि मात्रै सिस्टममा इन्टी गर्ने हो । । करिब करिब ३ दिनको हाराहारीमा सबै टुङ्गो लगाउँछौँ,’ पौडेलले भने ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो ।