
काठमाडौं । कानिङ सेडुप लिङ गुम्बाको लुम्बिनीस्थित पाल थुब्तेन सेडुप लिङ् महाविहार यहि २०८१ मंसिर ७ गते प्राण प्रतिष्ठा हुँदैछ ।

ल्हाबाब् दुछेन् को पावन तिथि विक्रम संवत २०८१ मंसिर ७ गते (सन् २०२४ नोभेम्वर २२) शुक्रबारका दिन विधिवत रुपमा यस महाविहारको प्राण प्रतिष्ठा र समुद्घाटन गरिने भएको छ ।
कार्यक्रम स्थलसम्म जान फर्कन यातायात तथा खान बस्न गुम्बाले व्यवस्थापन गर्ने भएकोले सहभागिताका लागि कानिङ सेडुप लिङ गुम्बाको कार्यालयमा उपस्थित भइयहि २०८१ असोज २० गतेदेखि कार्तिक २० गतेसम्म ११:३० देखि दिउँसो ३:०० बजेसम्म (शनिबार बाहेक) सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यस गुम्बाबाट संचालित कार्यक्रमहरु : धर्म ज्ञान विद्यालय, धर्म ज्ञान, डोन्ड्रो, चावा सुम, न्युङने, उत्पला युथ योग एण्ड मेडिटेशन, र अन्य वा रङजुङ येशे इन्स्टिच्युट, गोम्दे, र धर्महाउस हरुका धर्मअनुरागी अतिथिको रुपमा सम्मिलित हुने हरु लाई यहि २०८१ मंसीर ०५ गते बौद्ध सेतो गुम्बाबाट लुम्बिनी प्रस्थान हुने र २०८१ मंसीर ०९ गते फर्कने जानकारी समेत गराइएको छ ।






