काठमाडौं जेठ ४ गते । २७ औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ ।
जापानको आइची–नागोयामा हुने २० एसियाली खेलकुदको छनोट समेत रहेको उक्त प्रतियोगितामा ३ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
जेठ ५ देखि ११ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्ने छन् । महिला ४६ केजीमुनि सन्तोषी राई, ५३ केजीमुनि गीता कठायत, ५७ केजीमुनि शुभाङ्गी श्रेष्ठ र ४९ केजीमुनि सोनिया गैरेले खेल्ने छन् । क्वाटरफाइनल पुग्ने खेलाडी एसियाली खेलकुदलाई छनोट हुने प्रावधान छ । नेपालको खेल भने जेठ ७ गतेदेखि सुरु हुनेछ ।
प्रशिक्षकमा पूर्णकुमार योञ्जन, सइद हसन रेजे र सन्दिपा आम्गाईं छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
उलानबटारमै हुने नवौं एसियाली पुम्से तेक्वान्दो प्रतियोगितमा सहभागी हुन नेपाली टोली भने मंगोलिया पुगिसेको छ । एसियाली खेलकुदकै लागि खेलाडी छनोटका रुपमा रहेको प्रतियोगितामा युवराज राना मगर र स्वस्तिका तामाङले प्रतिस्पर्धा गर्ने छन् ।