
काठमाडौं । गण्डकी प्रदेशले महिलामा दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । गण्डकी १२ अंकसहित च्याम्पियन बन्यो ।
पुरुषमा गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि खेल्ने छन् । दुवैको समान ९–९ अंक छ । नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।





