
काठमाडौँ । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजनामा १३ औं किन्डर ओलम्पिक पुसमा हुने भएको छ । कार्यक्रम पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो ।
कार्यक्रममा नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए र इसीइटीएलगायतका संस्थाहरु, प्रि स्कुल तथा प्राइमरी स्कुलमा अध्ययनरत विभिन्न उमेरसमूहका बालबालिका गरी करिब ५ हजारको सहभागिता रहने विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । सो विषयमा आयोजकबीच बुधबार छलफल पनि भएको थियो ।






