
काठमाडौं । विश्वकपमा साउदी अरेबिया र उरुग्वेबीचको खेल बरावरीमा सकिएको छ ।
अमेरिकाको मायामीमा भएको खेल बराबरीमा टुंगिएसँगै उनीहरूले १-१ अंक बाँडेका हुन्।
खेलको पहिलो हाफमा साउदी अरेबियाले अग्रता कायम गरेको थियो । ४१ औँ मिनेटमा साउदीका अब्दुलेला अलमरीले गोल गरेका थिए ।
उरूग्वेले खेलको ८० औँ मिनेटमा गोल फर्काएको थियो । मेक्सी आराहोले उरुग्वेका लागि गोल गरेका थिए ।
दोस्रो हाफमा उरुग्वेले निकै आक्रामक खेलेको थियो । प्रहार बढाए पनि गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो ।