काठमाडौ । रुसका राष्ट्रपति भ्लादीमीर पुटिन उत्तर कोरियाको भ्रमणमा निस्कने तय भएको छ ।
दुई दशकपछि रुसका राष्ट्रपतिको २४ बर्षपछिको यो उत्तर कोरियाको भ्रमण हुन लागेको हो । यसअघि पुटिनले सन् २००४ मा उत्तर कोरियाको भ्रमण गरेका थिए ।
युक्रेन आक्रमणपछिको पुटिनको यो पहिलो भ्रमण हो । उत्तर कोरियासंग आणविक हतियारका विषयमा महत्वपूर्ण हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको भ्रमणलाई विश्वले चासोपूर्ण नजरले हेरिरहेको छ ।