
काठमाडौं, साउन १९ गते । विश्व केन्पो काइ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार जापान प्रस्थान गर्ने भएको छ ।
अगष्ट ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बामदेव सुवेदी, मेणुका अधिकारी र जुना लामिछानेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा नराजबहादुर खड्का छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

