
काठमाडौं, असार २। बिलि जिन किङ कपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसहित यो समूहमा श्रीलंका, कतार र म्यान्मार रहेका छन् ।
ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित ७ राष्ट्र सहभागी छन् । ७ राष्ट्रलाई २ समूहमा विभाजन गरी खेल खेलाइने छ । समूह ‘ए’ मा पाकिस्तान, तुर्कमिनिस्तान र ताजाकिस्तान छन् ।
नेपालले मंगलबार म्यान्मारसंग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् । महिला खेलाडीको मात्र सहभागिता रहने प्रतियोगितामा नेपालबाट अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्ट सहभागी छन् ।






