
दाङ ।पार्वता स्मृति साहित्य प्रतिष्ठान द्वारा आमा पार्वताको संस्मरणमा असी वर्षका वृद्ध बा आमाहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
उक्त कार्यक्रम पाण्डे समाजका भवानी प्रसाद पाण्डेका सन्ततीहरूले गरेका हुन् ।
प्रतिष्ठानकी अध्यक्ष श्रीमती देबा देवी पाण्डे र सुरेशकुमार पाण्डे द्वारा १६जना वृद्धाहरूलाई दोसल्ला ओढाएर सम्मान गरे।
सम्मानित हुनेहरूमा कुबीर पाण्डे, चेतु पाण्डे, श्रीमती मिना पाण्डे,श्रीमती निमा पाण्डे, श्रीमती डोम्वरा देवी पाण्डे,मानप्रसाद रिजाल,रवीलाल पार्दे, टीकाराम रिजाल, श्रीमती टीका रिजाल, वेदप्रसाद खनाल,तुलसादेवी सुवेदी,कुलराज पाण्डे,श्रीमती हेड्मा भुसाल,श्रीमती अम्विका पाण्डे,टुल्कप्रसाद पाण्डे,रोमहर्ष बस्याल रहेका छन्।
नबराज पाण्डेको अध्यक्षता र लुमाकान्त पाण्डेको सञ्चालनमा उक्त सम्मान कार्यक्रम भएको हो ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत श्रीमती जानुका पाण्डेले गरेकी थिइन ।
कार्यक्रम पाण्डे समाजका उपाध्यक्ष श्री मात्रिका प्रसाद पाण्डेको प्रमुख अतिथि,र हरिप्रसाद पाण्डे बिशिष्ट अतिथि हुनुहुन्थ्यो।
आमा पार्वताको सम्झनामा बिगत तीन वर्ष देखि ८०वर्षका बुढा बुढी बा आमाहरूलाई पार्वता स्मृति साहित्य प्रतिष्ठानले सम्मान गर्दै आएको छ।




