काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
बिहीबार बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले बताएका छन् ।
बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ ।
बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।