काठमाडौं।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा। मनोज कुमार शर्मासहितको संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि उक्त आदेश भएको हो ।
अदालतले विपक्षीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । तर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
‘साथै निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन माग दाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन’, आदेश भनिएको छ ।




