
आफ्नो चित्तलाई वशमा राख्नु अत्यन्त महत्वपूर्ण छ र यो धर्मको आधार हो भनी बुद्धले बताउनुभएको छ । चित्तलाई वशमा राख्नुमा अकुशललाई त्याग्नु र कुशललाई बढाउनु समावेश छ । हामीले राग, द्वेष, मोह, मान र ईर्ष्या जस्ता क्लेशहरूलाई त्याग्नु वा शान्त पार्नुपर्छ । र, प्रज्ञाको विकास गर्नुपर्छ जसले सद्गुणहरू र सिद्ध पुरुषका असाधारण गुणहरूतर्फ डोर्याउँछ ।
— लुकिङ् डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ २६१ बाट







