सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ ।
भोटेकोसी गाउँपालिका–२, कोदारीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब ५ः२० बजे उक्त स्थानस्थित इकुमा पहिरो खसेको हो ।
अविरल वर्षासँगैको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा यसपालि केहीपटक पहिरो खसिसकेको छ ।
पहिरो पन्छाउने प्रयास भने भैरहेको छ ।



