बैशालु गुराँस
उचाईमा पुगेपछि उतीसलाई आफु शक्तिशाली , बलवान् र ठुलाे छु भन्नेमा खुब घमण्ड लाग्याे । त्यसपछि आफु वरिपरिका सबैलाई उसले भुइँ फूल मात्र देख्न थाल्याे र उसले साेच्याे;
” यी भुइँफूलहरू भुइँमै फुल्छन् र भुइँमै झर्छन्। संसार हेर्न त म जस्ताे उचाईमा हुनुपर्छ। मैले उचाईबाट संसार नियालेकाे छु। ”
अरूलाई निरीय बनाएर ऊ मनमनै खुशी भयाे र अरूलाई हेपेर बाेल्न थाल्याे।
एकदिन उसले गुराँसलाई बेस्सरी उडायाे;
” तिमीहरू हाेचा छाैं। पुड्का छाैं। न हाँस्न जानेका छाै न सुन्दर नै देखिन्छाै। ”
उतीसकाे घमण्ड देखेर गुराँसले नम्र भएर भन्याे; मेराे सुन्दरता हेर्न तिमी चैत, बैशाख आउनु।”
बैँशले राताम्मे भएर गुराँस बनैभरि फुलेकाे थिए। उतीसले आँखा खाेलेर हेर्दा चैत, बैषाक लागेकाे रहेछ।
गुराँसकाे सुन्दरताले जलन भएकाे उतीस आक्राेशीत भएर हिड्दा उचाईबाट खसेर खाेंचमा पुग्याे र कहिले उचाईमा पुग्न नसक्नेगरि भाँचियाे।