काठमाडौं । सरकारले संघीय संसदको दुबै सदन अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको चालू रहेका दुबै अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न सिफारिस भएको हो।



