
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएका छन्।
सोमबार राति अबेर सकिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदको दुवै सदनको संयुक्त बैठकलाई आगामी बैशाख १९ गते राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको जानकारी दिए।
उनका अनुसार राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्।




