काठमाडौ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ ।
अहिलेसम्म वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपमहासचिव पदमा चार जनाको उम्मेदवारी परेको छ । जसमा राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र घनेन्द्र केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।