
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्वाचनमा विदेशमा बस्ने नेपालीबाट प्रभावित हुँदै गएको बताए।
उनले राप्रपा निकट ओभर्सिज नेपलिज युनिफाइड सोसाइटीले अष्ट्रेलियाको मेलबर्नमा गरेको कार्यक्रममा बोल्दै नेपालको राजनीति नेपालमै रहने नेपालीको हातमा मात्र नरहेको बताए।
अध्ययन र रोजगारीको सिलसिलामा विदेश गएका युवाहरुले आफ्नो परिवारको भोट प्रभावित पार्न थालेको उनले बताए। ‘त्यसैले नेपाल अब भूगोलको नेपाल मात्रै रहेन, भावनाको नेपाल पनि ठूलो हुन थाल्यो भनेर भन्ने गरेको छु,’ उनले भने।
भ्रष्टचार र सुशासनमा आफू प्रतिबद्ध रहेकोले आफ्नो पार्टीको सरकार भएमा भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने बताए।
गणतन्त्र र संघीयताप्रति समेत जनतामा वितृष्णा छाउँदै गएको,न्दु राज्य कायम गर्ने विषयमा कांग्रेसमा समेत आवाज उठ्न थालेको र क्रमश अरु दलहरुमा पनि यो विषयले प्रवेश पाउने हुँदा एकदिन सबै राजनीतिक दल राप्रपाकै लाइनमा आउने ठोकुवा गरे ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले नेपालमा लगानीको वातावरण सहज नभएको बताए।





