काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल हरिसिद्धी पुगेका छन् ।
यतिवेला तीन नेताबिच छलफल चलिरहेको बताइएको छ ।
विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।





