काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज विशेष सम्बोधन गर्ने भएका छन् ।
आजको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिएका छन् ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बिहान साढे ११ बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यसूची छ ।