काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद राजेन्द्र बजगाईंसँग स्पष्टीकरण लिएको छ । केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको हो पार्टी सहमहामन्त्रीसमेत रहेका संस्कृतिमन्त्री पाण्डेमाथि उनले लगाएको आरोपको आधारबारे संयोजक आनन्दप्रसाद ढुंगाना सोधिएको बताए ।
“हामीले उहाँसँग कुरा गरेर प्रक्रिया थालेका छौँ, छानबिनपछि आवश्यक निर्णय लिने छौँ,” संयोजक ढुंगानाले त्यसबाहेक लिखित स्पष्टीकरण नसोधेको र उनीमाथि थप सोधपुछ गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ । उनले अनुसन्धान जारी रहेकाले थप खुलाउन नमिल्ने बताए ।बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।